खोला बेलिब्रिज बगाएपछि वैकल्पिक मार्गको खोजी
काठमाडौं । पाँचथरको हेवाखोलास्थित बेलिब्रिज बाढीले बगाएपछि ताप्लेजुङको आवागमन ठप्प भएको छ । आवागमन रोकिएपछि वैकल्पिक मार्गको खोजी सुरु गरिएको छ । वैकल्पिक मार्गको रूपमा फुङलिङ–बहानन्दे–दोभान–हाङपाङ हुँदै तेह्रथुमको आठराई सङ्क्रान्तिबाट मध्यपहाडी राजमार्ग प्रयोग गरेर तराई निस्कने योजना अघि बढाइएको छ । …